Logo

१ माघ, बारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सोमबार सिमरा स्थित होटेल पराडाईजको सभाहलमा भएको अधिवेशनले पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ ।

अधिवेशनले सेन्टर बारा शाखाको उपाध्यक्षमा प्रदीप गौतम ,महिला उपाध्यक्षमा प्रीयंका सराफ,सचिवमा अखिलेश कुमार यादव, सहसचिवमा विशाल सराफ र काजल कार्की परियार, कोषाध्यक्षमा शर्मालाल बैठालाई चयन गरेको छ । यस्तै सदस्यहरूमा अरुण कुशवाहा, पप्पु साह, महेन्द्र सहनी, राकेश चौधरी र बिकाश गुरुङ चयन भएका छन् ।

सेन्टरका अनुसार तीन सदस्य पछि थप गरिने छ । समितिले आगामी तीन वर्ष सम्म काम गर्ने छ । अधिवेशनमा नेकपा माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल)ले नवनिर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै निरन्तर उत्पीडित र सर्वहारा वर्गको पक्षमा कलम चलाउन सुझाव दिए ।

रञ्जन यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको हो । प्रमुख अतिथि देवकोटाले प्रेस सेन्टर नेपाल क्रान्तिकारी पत्रकारहरूको आस्थाको केन्द्र मात्र होइन आम शोषित पीडित, उपेक्षित समुदायको आशा र मुक्तिको केन्द्र भएको धारणा ब्यक्त गरे । जनपक्षीय पत्रकारिताको इतिहासमा प्रेस सेन्टर आजको मूल नेतृत्व भएको उनको जिकिर थियो । प्रेस सेन्टरले आफ्नो गौरवपूर्ण इतिहास निर्माण गर्दै त्याग, वीरता र बलिदानको कीर्तिमान बनाउँदै आजको अवस्थामा आइपुगेको उनले बताएका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका तर्फबाट नेपाल पत्रकार महासङ्घ बाराको कार्यसमिति कोषाध्यक्षमा निर्वाचित रञ्जन यादव र जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित शर्मालाल बैठा प्रदेशका सचिवमा निर्वाचित दिपक गौतम र केन्द्रिय सदस्यमा निर्वाचित राजु बिश्वकर्मा लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,नेकपा माओवादीका केन्द्रिय सदस्य गिता कंडेल , बैकल्पिक केन्द्रिय सदस्य शिला खनाल ,माओवादीका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल, कलैया उपमहानगर कमिति अध्यक्ष मुकेश साह, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा र नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रम संचालन प्रेस सेन्टर नेपाल बाराका उपाध्यक्ष प्रदीप गौतमले संचालन गर्नु भएको थियो भने स्वागत मनतब्य प्रेस सेन्टर नेपाल बाराको ईन्चार्ज तथा केन्द्रिय सदस्य कृष्णउदाश खनालले गरेका थिए ।


सम्बन्धित समाचार