१ माघ, काडमाडौँ । भारतको उत्तर प्रदेशको प्रयागराजमा आजदेखि कुम्भमेला शुरू भएको छ ।
आजदेखि शुरू भएको कुम्भमेला आउँदो फागुन १४ गते महाशिवरात्रिको दिनसम्म चल्नेछ । कुम्भमेलाका डीआईजी वैभव कृष्णाले प्रयागराजमा अहिलेसम्म ५० लाख जनाभन्दा धेरै मानिसले स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
४५ दिनसम्म चल्ने मेलामा ४० करोड जना मानिस सहभागी हुने उत्तर प्रदेश सरकारको दाबी छ । मेलाअन्तर्गत भोलि पहिलो ठूलो कुम्भ स्नान हुनेछ ।
यो कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो महाकुम्भलाई मानव जातिको ‘अमूर्त सम्पदा’ को रूपमा उल्लेख गरेको छ ।
कुम्भमेला चार वटा शहरमा हरेक १२ वर्षमा मनाइने गरिन्छ ।