२ माघ, वीरगञ्ज। मौसममा सुधार नआएर चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरू थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै मौसममा सुधार नआएको र चिसो कायमै रहेकोले विद्यार्थीहरूको स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै माघ २ देखि ४ गतेसम्म बिदा दिइएको जनाएको छ ।
माघ २ गतेदेखि ४ गते सम्म वीरगञ्ज महानगरपालिकाअन्तर्गतका सबै विद्यालयहरूको पठनपाठन स्थगित राख्न शैक्षिक प्रशासनद्वारा जारी गरिएको सूचनामा उललेख गरिएको छ । यसअघि वीरगञ्ज महानगरपालिकाले चिसो बढेपछि पुस २४ गते देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।