Logo

२ माघ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सरकारले ल्याएका अध्यादेशबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

‘राष्ट्रपतिबाट चारवटा अध्यादेश जारी भएको छ । बाँकी भूमि सम्बन्धी अध्यादेश जारी भएपछि यसबारे जानकारी गराउन प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो’ बजगाईंले बताए ।

सरकारले लगानीमैत्री वातावरण बनाउन, सरकारका कामलाई छिटो छरितो गर्न भन्दै पाँचवटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारले शुक्रबार सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार चारवटा अध्यादेश जारी गरिसकेका छन् ।
ती अध्यादेशहरूमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) अध्यादेश छन् ।

त्यस्तै, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि जारी भएका छन् ।


सम्बन्धित समाचार