२ माघ,वीरगञ्ज । नेपालको राष्ट्रिय हित र विकासका लागि दुई ठूला शक्तिराष्ट्रहरुलाई सन्तुलन र व्यावस्थापन गर्न सक्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सेन्टर फर सोसियल इनोभेसन एण्ड फरेन पोलिसी (सेसिफ) ले आयोजना गरेको बोल्ने वक्ताहरुले नेपालको पूर्वाधार विकासमा चीनको भूमिका विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध तथा परराष्ट्र समितिका सभापति राजकिशोर यादवले १९९० पछि बहुदलीय व्यावस्था आएपछि नेपालका नेताहरु अरूलाई कसरी खुशी पार्ने भन्नेमा केन्द्रीत भएर यो अवस्था आएको बताए । उनले वैदेशिक नीतिको कुरा गर्दा हामी नेपाली भएर कुरा गर्छाैकी गर्दैनौं त्यो नै ठूलो चुनौती अहिलेको अवस्थामा रहेको बताउदै उहाँले चीनको प्रभाव पार्टी पार्टीबीचको सम्बन्ध बढाउने शुरूवातसँगै सामाजिक स्तरमै पुग्न थालेकोले यस्ता विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए ।
उनले दुईठूला राष्ट्रहरुबीचको सम्बन्ध सन्तुलित राख्नुपर्ने बताउदै अहिले एकलाई देखाएर अर्कोबाट फाईदा लिने कुरा सम्भव नरहेको बताए । पूर्व परराष्ट्रमन्त्री प्रकाश शरण महतले नेपालको पूर्वाधार विकासमा चीनको भूमिकाको सन्दर्भमा राष्ट्रको विदेश नीति सही हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालको विकासको हितका लागि मात्रै ऋण लिनुपर्ने बताउदै अहिले अनुदान घटेर ऋण सहयोगको प्रवृत्ति बढेको बताए । चीनले यसअघि घोषणा गरेको १ खर्ब अनुदान सहयोग कार्यान्वयन गर्न डा.महतको सुझाव थियो । उनले द्विपक्षीय सम्झौताबाट ऋण लिनुभन्दा बहुपक्षीय सम्झौताको ऋण नेपालको लागि उचित हुने बताए । अहिलेको विशिष्ट परिवेशमा ऋण लिन उपयुक्त नहुने बताउदै उहाँले विदेशी सहयोगको ऋण लिँदा बहुपक्षीय, प्रतिफल दिने खालको हुनुपर्ने र निजीक्षेत्रलाई प्रवेश गराउनुपर्नेमा जोड दिए ।
पूर्व राजदूत डा.मधुरमण आचार्यले नेपालको रज्य संयन्त्र तथा राजनीतिक शक्तिहरु बगाले चराजस्तो भएको टिप्पणी गर्दै परराष्ट्रनीतिको विषयमा व्यापक बहस गर्ने र एकमतको अडान हुनुपर्ने बताए । नेपालले भूराजनीतिक प्रभाव र चासो सन्तुलन र व्यावस्थापन गर्न नसक्दा समस्या भोगिरहेको पूर्वराजदूत आचार्यको भनाई छ ।
आफ्नो चासोलाई आफूले व्यावस्थापन गर्नुपर्नेमा जोड दिदै आचार्यले छिमेकी राष्ट्रलाई खुशी पारेर कहिले पनि देशको विकास नहुने बताए ।
सेसिफका अध्यक्ष तथा पूर्व राजदूत विजयकान्त कर्णको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मधेस प्रदेश सरकारको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्री, पूर्वमन्त्री ओमप्रकाश शर्मा, मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दिपक शाक्य, वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।