Logo

३ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ को बसडिल्वामा दलित समुदायका लागि सामुदायिक भवनको शिलान्यास गरिएको छ । वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले भवनको शिलान्यास गर्नुभको हो ।

शिलान्यासमा सहभागीहरूले सामुदायिक भवन निर्माणले दलित समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । दलित समुदायका लागि निर्माण हुन लागेको यो सामुदायिक भवनले समुदायका सदस्यहरूको सामाजिक, शैक्षिक, र सांस्कृतिक गतिविधिका लागि एकीकृत स्थान प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख सिंहले यस भवनले दलित समुदायलाई आफ्नो हकअधिकार सुनिश्चित गर्न र सामाजिक गतिशीलता बढाउन सहयोग पु¥याउने बताए । कर्णले महानगरपालिकाले सामाजिक न्याय र समावेशिताका लागि यस्ता परियोजनाहरूमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

भवन निर्माण पूरा भएपछि यसले दलित समुदायको सशक्तीकरण र सामाजिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

 


सम्बन्धित समाचार