४ माघ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले पर्सामा सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई छलफलका लागि बोलाएको छ । स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी वनाउन छलफलका लागि उपस्थित हुन स्वास्थ्यक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुलाई बोलाएको हो ।
पर्साका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल माघ ५ गते बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थिति हुन सूचना जारी गरेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले सूचना जारी गर्दै स्वास्थ्य कार्यालय पर्सा, नेपाल चिकित्सक संघ वीरगन्ज नारायणी सहित पर्साका ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थालाई उपस्थित हुन अनुरोध गरेको हो ।