४ माघ,वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा भारतीय ब्रोइलर कुखुरा बरामद गरि नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले ६० वटा १५० किलो ग्राम प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको हो । जीराभवानी गाउँपालिका वडा नम्बर–१ महादेवपट्टीको ओरिया खोलाको बाटो हुदै भारतबाट अबैध रुपमा ल्याउदै गरेको अवस्थामा कुखुरा बरामद गरेको थियो ।
बरामद गरिएको ब्रोईलर कुखुरा प्रहरीचौकी महादेवपट्टीमा स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टाइनको प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।