५ माघ,वीरगञ्ज । नेपाल गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक जिल्ला समन्वय समिती पर्साको प्रागंनमा सम्पन्न भएको छ । शनिबार समाजका केन्द्रिय उपाध्यक्ष लालजी साह गोंडको अध्यक्षतामा सम्पन्न बैठकले तिन बुंदे निर्णय गरेको छ । बैठकले गोंड जातिलाई आदिवासी जनजातीमा सुचिकृतको लागि पहल गर्ने,रक्तदान गर्ने तथा कार्यालय व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले राज्यको सेवासुबिधाबाट बञ्चित रहेका गोंड जातिलाई आदिवासी जनजातिमा सुचिकृत गराई राज्यको मुलधारमा ल्याउन सरकार संग माँग गरेको छ । त्यसका लागि समाजले संघिय तथा समान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने समेत निर्णय गरिएको समाजका पर्सा अध्यक्ष मनोज साह गोंडले बताए ।
यसैगरी बैठकले रगतको अभावलाई मध्यनजर गरि चाडै नै वीरगंजको घण्टाघरमा वृहत रक्तदान गर्ने समेत निर्णय गरिएको अध्यक्ष साहले बताए । बैठकमा समाजका केन्द्रिय कोषाध्यक्ष प्रहलाद गुप्ता, सदस्यहरु आशा साह, रामनारायण साह, समाजका युवा नेता बिन्दुभुषण साह,बिजय साह, प्रभात साह, ज्ञानेन्द्र साह,नरेश साह, हृदयनारायण साह,रबिन्द्र साह,राकेश साह,सुनिल साह लगायतको उपस्थिती थियो ।
कार्यक्रमको सहजीकरण समाजका युवा नेता बिन्दुभुषण साहले गरेका थिए ।