५ माघ,पर्सागढि । विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समिती पर्साको आयोजनामा र डिभिजन वन कार्यालय पर्साको सहयोगमा साझेदारी वन उपभोक्ता समितीको पहिलो वार्षिक भेला सम्पन्न भएको छ । मधेस प्रदेश वन कार्यालय जनकपुरका निर्देशक जगन्नाथ जैसवालको प्रमुख अतिथियमा गमलामा पानी हालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
प्रमुख अतिथि जैसवालले सरकार स्थानीय तह र उपभोक्ता समिति लाग्यो भने वन संरक्षण गर्न सजिलो हुने बताउनुभयो । खुला जङ्गल सीमा रहेकोले चोरी तस्करी नियन्त्रण गर्न स्थानीय सम्पूर्णको सहयोगको अपेक्षा रहेको उहाँको भनाई थियो ।
वन अतिक्रमण चरिचरण जस्ता कार्य वन उपभोक्ता समितिले रोक्नुपर्नेमा जोड दिदै उहाँले निजी वन सबैले लगाएर वातावरणीय सुरक्षा र सम्बद्र्धनका लागि उपयुक्त हुने धारणा राख्नुभयो । कार्यक्रममा डिभिजन बन कार्यालय पर्साका प्रमुख मन्जुर हक अन्सारी, बाराका प्रमुख राजिव कुमार झा, साझेदारी बन समुहका पुर्ब राष्ट्रिय अध्यक्ष रामरुप कुर्मी, सबैया साझेदारी बनका पुर्ब अध्यक्ष लखनलाल साह, गादीमाई साझेदारीका समुहका पूर्व अध्यक्ष शैलेन्द्र यादवले मधेस प्रदेश साझेदारी बन समुहको प्रतिनिधि गणेश साह र सत्यनारायण चौधरी लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष महमद रिजवानुलहक अन्सारी अध्यक्षतामा भएको कार्यक्रममा बन संरक्षण कार्यमा उल्लेखनीय योगदान गर्ने १५ जनालाई प्रशंसापत्र सहित साझेदारी बन उपभोक्त समितिले समान गरेको थियो ।
सम्मान कार्यक्रममा ग्रामीण भेगबाट नेपाल पत्रकार महासघ पर्साको निर्बाचनमा सदस्य पदमा निर्बाचित प्रमोद यादब र बलिराम शुक्लालाई पनि मायाको चिनो सहित सम्मान गरेको थियो । पर्साको ४० वटा वडा कार्य क्षेत्र रहेको विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समितीको मधेस प्रदेसमै पहिलो पटक साझेदारिको १० बर्षे कार्ययोजना मधेस प्रदेस बन निर्देशनालयबाट भएको जानकारी गराईएको छ ।
बन्द सत्रबाट सर्बसम्मत एक बर्षे कार्ययोजना समेत पास भएको छ । कार्यक्रमको स्वागत मन्तब्य साझेदारि बनका बन प्राबिधिक फरमान अन्सारी र सहजीकरण साहायक बन अधिकृत रामपुकार यादबले गर्नुभएको थियो ।