५ माघ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा बिगत एक महिनादेखि आर्थिक सहयोगको पर्खाईमा रहेकी एक महिलाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ निवासी मौजेलाल पटवाकी श्रीमती उषा देबीको आर्थिक अभावमा औषधि उपचार हुन नसकेर मृत्यु भएको हो । लामो समयदेखि बिरामी रहेकी उषादेबी औषधि गराउने केही आर्थिक सहयोग पाउला की भन्ने आशले नगरपालिकामा निवेदन दिनुभएको थियो ।
नगरपालिकाबाट आजभोली गर्दागर्दै उषादेवीले आर्थिक सहयोग समेत पाउनु भएन । नगरपालिकाबाट पाउने आर्थिक सहयोगबाट औषधि उपचार गर्ने पर्खाईमा रहनुभएका उहाँको अस्ती ११ बजे राती मृत्यु भएको स्थानीय समाजसेवी भोजेन्द्र यादवले बताए । मृतक उषादेबीको दुई छोरी रहेका छन् ।