Logo

६ माघ, बारा । विश्व  प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजेको महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आरोप लगाएका छन् । शुक्रबार गढीमाई मन्दिर प्राङ्गणमा स्थानीयले द्वन्द सृजना गरेको उनले बताए ।

पञ्चवर्षीय गढीमाई मेलामा भाकल पुरा भए पछि भक्तजनले चढाएको परेवा बिहिवार राती स्थानीयले लुटने क्रममा नगरप्रहरीले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख यादवले बताए ।

परेवा लुटने क्रममा स्थानीय र नगरप्रहरी बिच भएको रोकथाममा स्थानीय केही बालबालिकालाई समान्य चोट लागेको उनले बताए । आफुले नगरप्रहरी र चोटपटक लागेको बच्चाको अभिभावक दुवैलाई राखेर छानवीन गरि दोषीलाई कारवाही गर्न भने पनि द्वन्द सृजना गराएको आरोप लगाए ।

महागढीमाई नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष मनोज गुप्ता, संविधानसभा सदस्य शिवचन्द्र कुश्वाहा, मोतीलाल कुश्वाहा र सत्यनारायण कुश्वाहाले स्थानीय युवाहरुलाई परिचालन गरेर गढीमाईको मन्दिरमा तोडफोड गराएको आरोप नगर प्रमुख यादवले लगाए ।

राजनिती पुर्वाग्रह राखेर गढीमाईको मन्दिरमा तोडफोड गराईएकोले घटनामा संलग्नलाई कडा कार्बाहीको माग नगर प्रमुख यादवले गरेका छन ।

हजारौको संख्यामा सर्वसाधारण मन्दिर वरिपरी आए पनि आफुले सबलाई रोकेर समस्यालाई समाधान गर्न एक्लै वर्तामा गए पछि मेयरलाई थुनेको झुठो प्रचार गरेको उनले बताए ।

विगतको वर्षमा यस वर्ष परेवाको संरक्षण गर्न खोप (परेवा बस्ने घर) बनाई व्यवस्थित समेत गरिएको यादवले बताए । परेवाबाट पनि मनग्य आम्दानी गढीमाई ट्रस्टलाई हुने गरेको नगरप्रमुखले बताए ।

विश्व सम्पदाको सुचिमा पार्ने हिसावले गढीमाई मन्दिरलाई व्यवस्थित गर्न मन्दिर वरिपरीको पसल हटाएर व्यवस्थित गर्न खोज्दा जबरदस्ती पसल थापेर बसेकाहरुले पसल नपाउदा द्वन्द सृजना गराएको उनले बताए ।

राजदीप पाण्डे, रामनरेश यादव,निलम गुप्ता, रामविनेश कुशवाहा लगायत नगरप्रहरी घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । घाइतेको उपचार प्रादेशिक अस्पताल कलैयामा घर फर्केको र सिकिस्त घाइते थप उपचारको लागि विरगंज पठाइएको सापकोटाले बताए । घटनाको अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारवाही गरिने प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।


सम्बन्धित समाचार