७ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–९ नयाँवस्ती गणेश मन्दिरमा राखिएको शिलालेख नामावली हटाएका छन्। मन्दिर निर्माणका लागि सहयोग पु¥याउने ब्यक्तिहरुको अभिलेख रहने गरि राखिएको शिलालेख नामावाली हटाईएको हो। ३ दिन अघि त्यो शिलालेख हटाएको स्थानीय विनोद परियारले बताएका छन् ।
तत्कालीन वडा नम्बर– ९ का वडा अध्यक्ष एवम् पुर्व नगर प्रमुख स्व. गोपाल गिरीले २०५० सालमा सो मन्दिरको स्थापना गर्दै निर्माणको शुरुवात गरेका थिए। २०५५ सालमा तत्कालीन वडा अध्यक्ष कृष्ण प्रसाद सत्याल (किट्टी बाजे) ले मन्दिरको जीर्णद्वार गरी र्ममत कार्यमा सहयोग गरेका थिए ।
त्यसपछि जसपा पार्टीबाट निर्वाचित वडा अध्यक्ष मनोज कुमार कलवारले २०७८ सालमा परिवर्तित मन्दिरको स्वरुप फेरी उक्त मन्दिर निर्माण कार्यमा सहयोग गर्नेहरुको नामावली सहित शिलालेख राखिएको थियो । उक्त शिलालेख हटाउने कार्य गलत एको भन्दै परियारले आपत्ति जनाएका छन् ।
उनले ईतिहास मेट्ने अधिकार कसैलाई भन्दै जसले गरेको छ ती ब्यक्तिहरु समाजका बिरोधीहरु भएको र यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।