Logo

७ माघ,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा सुबिधा सम्पन्न दलित सामुदायिक भवनको उदघाटन भएको छ । पालिकाको वडा नम्बर–१ बलुवा टोलमा आज गाउँपालिका प्रमुख अनोज चौधरीले दुइ कोठे सुबिधा सम्पन्न दलित सामुदायिक भवनको उदघाटन गर्नुभएको हो ।

उदघाटन गर्दै गाउँपालिका प्रमुख चौधरीले दलित समुदायको सामाजिक तथा सांस्कृति विकास र हकहितको लागि सधै तत्पर रहदै आएको बताए । उनले अगामी दिनमा दलित भवन रहेको जग्गामा कम्पाउण्ड वाल गाउँपालिकाले लगाइदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

आफु निर्वाचित भएर आएको बेलादेखि नै दलितहरुको हकहितको लागि पहल गर्दै आएको पनि उनले बताए । अगामी दिनमा दलित बालबालिकाको लागि प्याकेज नै बनाएर शिक्षामा दलित बालबालिका हरुलाई सहभागिता गराउने पनि बताए ।

दलित कार्यपालिका सदस्य ऋषि कुमार हजराको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेखा चौधरी, नेपाली काङ्ग्रेस गाउँपालिका सभापति मनमोहन महतो, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, वडा नम्बर–३ का वडा अध्यक्ष सुरज राय, वडा नम्बर– ४ का राजेशवर दास, वडा नम्बर ५ का दारा सिंह राउत लगायत स्थानीय तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन शत्रुधन ओझैयाले गर्नु भएको थियो । सोही कार्यक्रममा दलित समुदायलाई विवाह तथा भोज भतेरमा प्रयोग गरिने टेबल कुर्सी भाडाकुडा पनि बितरण गरिएको थियो ।

शान्ति नगर, गम्हरिया पकडी टोल, बलुवा र बेलवा टाडी गरी पाँच वटा दलित समुहलाई छुट्टाछुट्टै पाँच सेट भाडाकुडा टेबल कुर्सी बितरण गरिएको कार्यक्रमका सभापति समेत रहेका जिराभवानी गाउँपालिकाका दलित कार्यापालिका सदस्य ऋषि कुमार हजराले बताए ।


सम्बन्धित समाचार