८ माघ,काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन् । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन काठमाडौं आएका उनी रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर सिंहदरबार प्रवेश गरेका हुन् ।
रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनी गाग्री प्रहरीको जिम्मा लगाएर भित्र प्रवेश गरेका हुन् । साम्पाङ अहिले खानेपानी मन्त्रालय छिरेका छन् ।
यसअघि उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए ।