Logo

८ माघ,वीरगञ्ज । महोत्तरीको सोनमा गाँउपालिकामा पूर्व गाविस अध्यक्षका छोराको शव फेला परेको छ ।

गाउँपालिकाको वडा नम्बर २ को गँहु बारीमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको हो ।पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानु भन्ने नरेन्द्र यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।आज बिहान स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शरिरमा निलडाम देखिएकाले हत्याको आशंका गरिएको महोत्तरीका डिएसपी सन्तुलाल जैसवारले बताए ।घटनाको छानबिनका लागि महोत्तरीका एसपी नकुल पोखरेलको कमाण्डको टोली घटनास्थलमा पुगेको छ । घटनाको सुक्ष्म छानबिनका लागि ‘स्पेशल डग’ समेत पठाइएको घटनास्थलमा पठाइएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुवाष चन्द्र बोहराले बताए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार