Logo

९ माघ, काठमाडौँ । मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले बुधबार समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेल्न लागेको हो । यी दुई टिमबीचको खेल मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा ५ विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले स्तब्ध भयो । सुपर सिक्समा स्थान बनाउन नेपाल आज अस्ट्रेलियाविरुद्ध जित्नैपर्ने दबाबमा छ ।

विश्वकपमा समूह ‘डी’ मा नेपालसहित बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ । बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन नेपाल भने पुछारमा छ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, सामोआ, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन् ।


सम्बन्धित समाचार