९ माघ,काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालमा ३४ करोड बढीको लिपिस्टक आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ३४ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको लिपिस्टिक आयात भएको हो ।
त्यस्तै सोही अवधिमा ३ करोड ११ लाख ८४ हजार रुपैयाँको नङपालिस, १३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको आँखाको मेकअप सामग्री र २१ करोड ७३ लाख १३ हजार रुपैयाँको पफ्र्युम तथा ट्वाइलेट वाटर आयात भएको छ ।
सोही अवधिमा अनुहारमा लगाउने क्रिम ६६ करोड १९ लाख ३६ हजार, ३८ करोड ५० लाख २५ हजार र ६५ करोड २१ लाख ९५ हजार रुपैयाँ बराबरको स्याम्फू आयात भएको भएको छ ।