Logo

१० माघ,वीरगञ्ज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पाडेपुरमा रहेको मदरसामा अध्ययनरत मुस्लिम समुदायका बालबालिकाहरुलाई सुइटर वितरण गरिएको छ ।

जनमत पार्टी पर्साका नेता बृजेश्वर प्रसाद चौधरीले बिहीबार बिहान उक्त मदरसामै पुगेर ३० जना बालिबालिाकालाई जनही १–१ थान सुइटर वितरण गरेका हुन् । अहिलेको चिसोमा विपन्न समुदायका बालबालिकाहरु प्रभावित भएको खबर थाहा पाएपछि उनिहरुलाई सुइटर सहयोग गरिएको चौधरीले बताए ।

सुइटर बाँड्ने कार्यक्रममा शुभावती देवी,मदरसाका शिक्षक मौलाना हरसुदिन राउत गदी,सामाजसेवी शहरुम राउत गदी,पुर्व गाविस अघ्यक्ष मोहीलाल राउत गदी,चन्दन राम लगायतकाकोपनि उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार