Logo

१० माघ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ ईजलास स्थापना भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रिबन काटेर उद्घाटन गर्नु भएको छ ।

आज स्थापना गरिएको ईजलासमा अब अभद्र व्यवहार लगायत प्रशासन कार्यालयको मातहतका मुद्दाहरू बहस र पैरवीका साथ फैसला हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

रुपन्देही जिल्लामा रहँदा प्रतिष्ठित र सराहनीय कार्य गर्दै उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रूपमा ख्याती कमाउनु भएका अर्यालले पर्सा जिल्लामा पनि शान्ति, सुव्यवस्था, र अमन चयनको अनुभूति गराउँदै स्थानीयवासीको प्रशंसा गरे । नागरिकमैत्री प्रशासनका लागि आवश्यक पूर्वाधार संरचना निर्माण अन्तर्गत जिल्ला प्रशासनमा नयाँ इजलास स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै