Logo

११ माघ,काठमाडौं । एक किशोरीको सामूहिक बलात्कार गरेर हत्या गर्ने पाँच जनालाई भारतमा मृत्युदण्ड दिइएको छ ।

सीबीएस मिडियाका अनुसार बलात्कारीहरूले किशोरीका बाबु र एक भतिजीको पनि क्रूर हत्या गरेका थिए । घटना चार बर्स अगाडि सन २०२१ जनवरीमा भारतीय राज्य छत्तिसगढमा घटेको हो ।

भारतमा बलात्कारका घटना दैनिक सार्वजनिक हुन्छन् । सन २०२२ को एक अध्ययनले हरेक दिन ९० जनाको भारतमा बलात्कार हुने देखाएको छ ।

सन २०१२ मा दिल्लीकी एक छात्राको बलात्कारपछि हत्या गरिएको घटना र गत साल कोलकातामा भएको एक डाक्टर महिलाको बलात्कार र हत्याको घटनाले भारतमा आन्दोलन भएका थिए ।

सन २०१२ को दिल्लीको घटनाका दोषीलाई सन २०२० मा मृत्युदण्ड दिइएको छ ।

कोलकाताका दोषीलाई पनि आजीवन कैद फैसला सुनाएको छ । अभियानकर्मीहरूले भने मृत्युदण्ड को माग गरिरहेका छन् ।साभार नेपाल प्रेस


सम्बन्धित समाचार