Logo

११ माघ, काठमाडौं । संघीय सरकारमा रहेका तीन मन्त्रीलाई पर्सावासीले आफूहरूको विकासप्रति कम चासो दिएको भनेर प्रश्न गरेका छन् ।

शुक्रबार आम जनता पार्टी ९आजपा० ले वीरगञ्जमा कार्यक्रम राखेको थियो । वीरगञ्जको घण्टाघरमा आयोजित कार्यक्रममा उपस्थित भएकाहरूले पर्साबाट संघीय मन्त्री भएकासँग प्रश्न गरेका हुन् ।
पर्साबाट नेकपा एमालेका नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन् भने नेपाली कांग्रेसका अजय चौरसिया कानुनमन्त्री र जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानीमन्त्री रहेका छन् । पर्साबाट संघीय

सरकारमा तीन जना मन्त्री भए पनि पर्साको विकासका लागि काम नगरेको आरोप उनीहरूको छ ।आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि वीरगञ्जको विकासका लागि के–के काम गरेको भनेर सार्वजनिक गर्न आग्रह गरे । समृद्ध वीरगञ्ज उजाड बनाइएको भन्दै उनले वीरगञ्जलाई देशको आर्थिक राजधानी बनाउन माग गरे ।

उनका अनुसार वीरगञ्जसहित तराई मधेशमा खानेपानीको समस्या दिनदिनै बढदै गइरहेको छ । खानेपानीको हाहाकार छ । ‘तर पर्साबाट खानेपानीमन्त्री भएका मन्त्रीज्यूलाई कुनै चिन्ता र चासो छैन्,’ कुशवाहाले भने ।
आजपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज लखिन्द्र साहले मन्त्रीहरूले पर्सावासीलाई ढाँट्ने बाहेक अरू केही काम नगरेको बताए ।

‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको रु जीर्णअवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले हुने रु स्तरोन्नति कहिले हुने रु ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालय कहिले बनाउने रु वीरगञ्जको चिनीमिल कहिले सञ्चालन हुने रु,’ साहले प्रश्न गरे, ‘भ्रदगोल बस्तीलाई आधुनिक पूर्वाधारसँग कहिले जोड्ने रु समृद्ध वीरगञ्ज उजाड किन भयो रु’

 


सम्बन्धित समाचार