Logo

१२ माघ, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जानकारी गराएको हो ।

महाशाखाका अनुसार सप्तरी, झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ । महाशाखाले तराई मधेशमा चलेको शीतलहर भोलि आइतवारसम्म रहने सम्भावना रहेको पनि बताएको छ ।

मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार