Logo

१२ माघ,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–१ कोईलाभार माई खेलमैदानमा आज देखि कोईलाभार माई नक–आउट फुटकल प्रतियोगिता सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनारा सहित कोईलाभारमाई युवा क्लब मनवाद्वारा आयोजित खेलको प्रमुख अतिथि पर्सागढी नगरपालिकाका उपप्रमुख पुजा चौधरीले रेफ्रिलाई बल हस्तान्तरण गरेर खेलको उदघाटन गरेका थिए ।

गाउँ नगर र देशलाई चिनाउने खेल भएकाले पर्सागढी नगरपालिकाले खेललाई प्राथमिकतामा राखेको र अब पुरुषमात्र नभई पर्सागढीको खेलमैदानहरुमा महिलाहरु पनि फुटबल खेल खेलेको हेर्ने ईच्छा रहेको र त्यसको लागि आफुले सक्दो सहयोग गर्ने बताए । उदघाटन कार्यक्रममा समाजसेवीहरु दुर्गा प्रसाद लामिछाने, सोमबहादुर लामा, गिरिराज कडेँल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

आयोजक क्लबका अध्यक्ष मोहन प्रसाद चौधरिको अध्यक्षतामा भएको खेलको स्वागत मन्तव्य पर्सागढी नगरपालिका वडा नम्बर–१ का पूर्ववडा अध्यक्ष तुलाराम महतोले गरेका थिए भने सहजीकरण रामजनम चौधरीले गरेका थिए । हिजो भएको उदघाटन खेल बिरगंज सिटि क्लब बिरगंज र मौवादेवी युवा क्लब बाराबीच भएको खेलमा मौवादेवी युवा क्लब बारा ३–० बिजय भएको छ ।

मौवादेवी क्लबका जर्सी नम्बर–११ का अमित बछारले २ गोल र जर्सी नम्बर–१४ का कृपा चौधरीले १ गोल गरि ३ गोल गरि टिम लाई जित दिलाएका हुन् । आजको खेलको उत्कृष्ट खेलाडी मौवादेवी क्लब बाराका जर्सी न ११ का अमित बछार भएका छन् । उनलाई नगद र मेडलले सम्मान गरेको थियो ।

आजको खेल बनशक्तीमाई युवा क्लब सिद्धपुर पर्सा र जितपुर एसटि क्लब बाराबीच हुनेछ । खेलको प्रथम र दोश्रो हुने टिमलाई नगद सहित शिल्ड ट्रफीले सम्मानित गरिने आयोजक क्लबका भरत श्रेष्ठले बताए ।

 


सम्बन्धित समाचार