Logo

१३ पुष, गौर । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहका अनुसार चालू आर्थिक बर्षको साउनदेखि पुससम्म कार्यालयले १४ करोड ६७ लाख ५५ हजार रुपैंया राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले आव २०८१÷८२ का लागि रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा रु १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उनले बताए ।

चालू आर्थिक बर्षको साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले बताए ।छ महिनामा सबैभन्दा बढी पुसमा तीन करोड ४७ लाख १४ हजार सङ्कलन गर्दा यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भएको भन्सार प्रमुख सिंहको भनाई छ ।


सम्बन्धित समाचार