Logo

१५ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा राखी पाऊँ भनेर दिएको निवेदनमाथि मंगलबार उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासमा पेसी तोकिएको हो ।

गत पुस २५ गते कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले थुनछेकसम्बन्धी मुद्दाको सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६५ लाख धरौटी माग गरेका थिए ।

कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाउँदै रिहा भएका लामिछाने सोमबार रिट निवेदन लिएर उच्च अदालत पुगेका थिए ।

जिल्लाको आदेशमा चित्त नबुझी साधारण तारेखमा बसेर मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछाने उच्च अदालत पुगेपछि सुनुवाइ अघि बढेको हो ।

लामिछानेलाई सुप्रिम सहकारी हिनामिना प्रकरणमा आइतबार मात्रै जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी लिएर तारेखमा छाडेको थियो ।

रविले उच्च अदालत पोखरापछि अब जिल्ला अदालत काठमाडौं र रुपन्देहीको आदेशविरुद्ध पनि अपील गर्ने तयारी गर्दैछन् ।


सम्बन्धित समाचार