१७ माघ, वीरगञ्ज । नेपाल कमर्स एशाेसिएसनकाे प्रथम अन्तराष्ट्रिय सम्मेलन वीरगञ्जमा शुरू भएको छ । वीरगञ्जकाे हाेटल भिस्वामा शुरू भएको सम्मेलनकाे इण्डियन कमर्स एशाेसिएसनका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय जाउनपुर युपीका हेड मानस पाण्डेले उद्घाटन गरेका छन् ।
उद्योग र व्यावसायमा गरिने अध्ययन र अनुसन्धान तथा सम्भाव्यतालाई संस्थागत गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले वाणिज्य र व्यावस्थापनमा नेपालकाे आर्थिक भविष्यकाे खाेजीका लागि सम्मेलन महत्त्वपूर्ण हुने एनसीए का अध्यक्ष डा.दीपेन्द्र कुमार चाैधरीले जानकारी दिए ।
कार्यक्रमकाे उदघाटन सत्रमा राजर्षी जनक विश्व विद्यालयका डिन डा.विनाेद साह, महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समितिका प्रमुख प्रा.अशाेक झा, नेपाल कमर्स क्याम्पसका सहअध्यक्ष डा.सुरेन्द्र महताे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गाैतम लगायतले मन्तव्य गरेका थिए ।
नेपाल कमर्स एशाेसिएसन नेपालका अध्यक्ष डा. दीपेन्द्र कुमार चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे दाेश्राे सत्रमा २१ वटा विभिन्न विषय र क्षेत्रकाे कार्यपत्र प्रस्तुति रहेकाे आयाेजकले जनाएको छ ।