Logo

१७ माघ, बारा । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले सिम्रौनगढ नभएको भए नेपाल नै रहने थिएन भन्ने अभिव्यक्ति दिएका छन् । उनले समाजिक न्याय विद्यार्थी निकेतनको तेश्रो सङ्गगोष्टीलाई सम्बोधन गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका हुन् ।

उनले यो कुरालाई प्रष्ट पार्दै भने ‘दिल्लीका बादशाह ग्याशुदिन तुगलकले सिम्रौनगढमाथि आक्रमण गर्दा यहाँका सेनाहरुले आफू मरणोउप्रान्तसम्म लडेका थिए । यसरी सिम्रौनगढको आफ्नै ईतिहासिक, पुरातात्त्विक र धार्मिक पहिचान छ ।’ जसले ईतिहास सम्झिदैन उसको भविष्य नै सम्झिन लायक हुदैन भन्ने तर्क उनको थियो ।

सिम्रौनगढ स्थित ओम पार्टी प्यालेसको सभाकक्षमा आयोजित सङ्गगोष्टीमा मधेश विश्वविद्यालयका उप–कुलपती दिपक शाक्य, पुर्व न्यायधिस पाटन उच्च अदालतका प्रेमराज कार्की, रौषण कुमार झा, निर्मला लामा, युवराज सङ्ग्रौला लगायतले सिम्रौनगढको एतिहासिक, समाजिक, आर्थिक र पुरातात्विक पक्ष बारे बिचार राखेका थिए । सङ्गगोष्टीमा सिम्रोगढको ईतिहास बारेमा तयार गरिएको बृतचित्र पनि प्रसतुत गरिएको थियो ।

यो सङ्गगोष्टीमा काठमाडौ स्कुल अफ लँ, वीरगंज स्कुल अफ लँ, हरिखेतान वीरगंज, ममता बिधा मन्दिरका छात्रछात्राहरु लगायत ८७ जनाको सहभागिता थियो ।

दीक्षा खडकाको अध्यक्षतामा भएको यस कार्यक्रमको संचालन कृतिका खडकाले गरेका थिए । स्वागत बिरेन्द्र प्रसाद यादवले गरेका थिए । यस अवसरमा सिम्रौनगढ नगरपालिकाद्वारा मेयर किशोरी प्रसाद साह र प्रमुख प्रशासकिय अधिकृतले सिम्रौनगढको मायाको चिनो प्रमुख अतिथी मधेश प्रदेशका पुर्व प्रमुख राजेश अहिराजलाई दिएका थिए ।


सम्बन्धित समाचार