Logo

१७ माघ,काठमाडौं । मधेश केन्द्रित आठ दलको बैठक बस्दैछ।

सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बस्ने तय भएको बताइएको छ। आजको बैठकमा आठ पार्टीको मोर्चा बनाउने विषयमा छलफल केन्द्रित हुने जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिए।

बैठकमा ८ वटै दलका प्रतिनिधि सहभागी हुने र सबै दलबाट एक–एक जना प्रतिनिधि तोकेर पार्टी शीर्ष तहमा संवादको प्रक्रिया अघि बढाइने उनले बताए। आजको बैठकमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपा सहभागी हुनेछन्।

 


सम्बन्धित समाचार