Logo

१७ माघ, वीरगञ्ज ।  नेपाल मेडिसिटी वयोधा अस्पतालले बाराको निजगढ नगरपालिका वडा नं.–३, सिङौलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा झण्डै तीनसय स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो।

साथी नेपाल संस्था र राष्ट्रिय युवा संघ नेपालसँगको सहकार्यमा शिविरको आयोजना गरिएको हो । नेपालको विकट क्षेत्र जहाँ उचित स्वास्थ्य सेवाको पहुँच नभएको र मानिसहरूमा स्वास्थ्य, सरसफार्इ र स्वच्छता सम्बन्धी ज्ञानको अभाव देखिएको ठाउॅंमा स्वास्थ्य शिविर सम्पन्न भएको नेपाल भेडिसिटी वयोधा अस्पतालले जनाएको छ ।

शिविरमा नेपाल मेडिसिटी वयोधा अस्पतालका डा. अस्मिता उपाध्याय द्विवेदी, डा.मनबोध कुमार शाह, तथा नर्सिङका पुजन चौधरी लगायत सहभागी थिए। शिविरमा सहभागी डा. अस्मिता उपाध्याय द्विवेदीका अनुसार स्थानीय महिलाहरूको उचित चेकजाँचको अभावका कारण धेरै जसोलाई पाठेघरको समस्या रहेको पाईएको छ ।

त्यस्तै डा. मनबोध कुमार शाहका अनुसार स्वास्थ्य सम्बन्धी चेतनाको कमीले गर्दा त्यहाँका स्थानीहरूमा उच्च रक्तचाप र मधुमेहजस्ता दीर्घकालीन स्वास्थ्य समस्या देखिएको छ ।


सम्बन्धित समाचार