१७, माघ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा देखिएको विवाद समाधान हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, खानेपानी मन्त्री प्रदीप यादव, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद सोनार (अजय), बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन सा कलवार र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाबीच भएको छलफलमा विवाद समाधान गर्ने सहमति भएको हो ।
सात महिना लामो समयसम्म विवादका कारण बन्धक बनेको बहुदरमाई नगरपालिकाको समस्या समाधानका लागि दुवैमन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत एकैठाउँमा बसेर समाधान गर्ने सहमति भएको हो । राजनीतिक स्वार्थ र दलीय हस्तक्षेपले नागरिकले दुःख पाउनु हुन्न भनेर रेसखबर डटकमले निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ ।
बुधबार मात्रै ‘लाचार जनप्रतिनिधि : निरीह बहुदरमाईनगरवासी’ शीर्षकमा समाचार प्रकाशन गरेका थियौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, खानेपानी मन्त्री प्रदीप यादवसँगै बसेर जिल्ला समन्वय समितिका प्रमुख निरञ्जन साह सोनार (अजय), प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई पनि राखेर विवाद टुंग्याईएको स्रोतको भनाई छ ।
विवाद समाधान गर्ने सहमति गरेको र नगर प्रमुखले अख्तियारी दिन तयार भएको कतै कतै आफूले पनि जानकारी पाएको बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुश्वाहाहले जानकारी बताईन् । नगर प्रमुख सिंगासन सा तेलीले प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफालाई बजेट खर्चको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतले विगत ७ महिनादेखि तलबभत्ता पाएका छैनन् ।
नगरपालिकामा प्रशासनिक देखि विकास निर्माणका कामसमेत ७ महिना देखि नै ठप्प छन् । ७ महिनादेखि तलबभत्ता नपाएका कारण नगरपालिकामा रहेका २० वटै सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा ताल्चा लगाएर चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइदिएका कारण दुई हप्तादेखि विधार्थीहरु पठनपाठनबाट बञ्चित छन् ।
त्यहि विषयलाई लिएर विधार्थीहरुले एक महिनापहिले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गर्दाै १ करोडभन्दा बढीको भौतिक क्षतिपनि भएको थियो । छलफलमा गत कार्तिक ८ गते भएको नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट मेयर तेलीले प्रमाणीकरण गरेका छन् ।
संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले अहिलेका प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको बहुदरमाई नगरपालिकाबाट सरुवा गर्ने र त्यहाँ अर्कै प्रमुख प्रशासकीय अधिकृत पठाउने सहमति भएको भनिएपनि प्रमुख प्रशासकीय अधिकृत भने मेयरसँग विवाद भएपछि गएको मंसिर २६ गते नगरपालिकाको ल्यापटप समेत फिर्ता गरेर नगरपालिका गएका छैनन् ।
मोहम्मद शेरे मुस्तफाले पनि छलफलमा सहभागी भएको जनाउदै आफू नगरपालिकामा फेरी फर्किने सम्भावना भने नरहेको बताए । उनले भने, ‘राम्रो गर्न खोज्दा विवादमा ल्याईदियो । यति भएपछि अब फेरी गएर चेकमा हस्ताक्षर गर्ने कुरा आउदैन ।’
यो पनि पढ्नुहोस् :-
लाचार जनप्रतिनिधि : निरीह बहुदरमाईवासी
बहुदरमाई नगरपालिकाको समस्या समाधान गर्न एमालेलाई गुहार्दै शिक्षक महासंघ
सात महिनादेखि तलब सुविधा नपाएपछि शिक्षकहरुले सामूहिक रुपमा बुझाए तालाचाँबी
बहुदरमाई नगरपालिकाका शिक्षकहरुद्वारा सामूहिक तालाचाबी बुझाउने तयारी
बहुदरमाई नगरपालिकामा तोडफोड र आगजनीमा संलग्न दुईजना पक्राउ
बहुदरमाई नगरपालिकामा भएको घटनाको दोषी मेयर तेली नै रहेको नेता पटेलको आरोप (भिडियो सहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीकै क्षेत्रको पालिकामा तनाव, आन्दोलित विद्यार्थीहरुद्वारा गाउँपालिकामा तोडफोड र आगजनी
आन्दोलित विद्यार्थीले बहुदरमाई नगरपालिका भित्रका कागजातमा आगो लगाए