१७ माघ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यलाय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध र तस्करी नियन्त्रण आफ्नो पहिलो प्रथामिकता रहेको बताएका छन् । भर्खरै सरुवा भए पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी उपरीक्षक गौतमले बिहीबार पत्रकार भेटघाट कार्यक्राम यस्तो बताएका हुन् ।
आफू १८ वर्ष पहिला पर्सामा बसेको स्मरण गर्दै प्रहरी उपरीक्षक गौतमले ०६२÷६३ को आन्दोलन र मधेश आन्दोलनमा वीरगन्जमा बसेको कारणले पनि यहाँको विषयमा आफू जानकार रहेको बताए । पर्सा जिल्ला एउटा चूनौती पुर्ण जिल्ला रहेको बताउदै केही साना घटना भएपनि धेरै हल्ला हुने र देशको मुटु देशकै बढी उद्योग कलकारखाना रहेको कोरिडोर भएकोले यहाँको सुरक्षा ब्यवस्था चुस्त हुनुपर्ने बताए ।
संगठनले जिम्मेवारी दिएर पठाएकोले जिम्मेवारी आफूले निष्पक्ष र इमान्दारिताका साथ पूरा गर्ने बताए । पर्सा जिल्लामा साम्प्रादयिक, धार्मिक द्वन्द्व र विवादहरु मात्रै नभई अन्य विभिन्न किसिमको आर्थिक अपराधहरुपनि धैरे हुने गरेकोले यसको नियन्त्रणमा आफू लागि पर्ने बताए ।
मधेशमा पहिले नै काम गरिसकोकोेले मधेशको बारेमा सबै जानकारी रहेको र मधेशमा बस्ने जनताहरुलाई सचेत गराउने विषयमा आफ्नो कार्यकालमा विशेष गरी ग्रामिण भेगमा रहेका जनताहरुमा केन्द्रीत हुने बताए । सामाजिक अपराधनको रुपमा रहेको बालविवाह, बहुविवाह, लैंगिक हिंसा, घरेलु मदिरा र लागूऔषध समस्या मुख्य रहेकोले त्यसको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयले सहकार्य गर्ने बताए ।
वीरगञ्जको नाकाबाट विभिन्न किसिमको प्रतिबन्धित लागूऔषधहरु ओसार पसार हुने भएकोले यो चुनौतीलाई चिर्दै अगाडि बडने प्रयत्न गरेको बताए । सामुदायिक प्रहरी सामुदायिक सेवा कैन्द्रहरुसंग सहकार्य गरेर विभिन्न जनचेतनामूलक कार्यक्रामहरु विद्यालय र पालिकाहरुसँगको समन्वय र सहकार्यमा विशेष महत्वका साथ अगाडि बढाउने बताए । भारतीय सीमा सुरक्षामा खटिएका सीमा सुरक्षा बल एसएसबी, नेपालको सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रणको टोलीसँग पनि समन्वय र सहकार्य गर्ने बताए ।
अहिले अपराधनका प्रवृत्तिहरु पनि परिवर्तन भएको र खासगरी अनलाईबाट हुने अपराध, साईबर अपराध बढी पाईरहेको र आर्थिक कारोबार,बैकिङ कसुर, चेक सम्बन्धि घटनाहरुमा वृद्धि भएको बताउदै त्यसमा पनि नियन्त्रणको पहल गर्ने बताए । बलात्कार, अपहरण र हत्या जस्ता आपराधिक घटनामा कसैलाई पूर्वाग्रह नराखी कारवाहीको दायरामा ल्याउने पनि प्रही उपरीक्ष गौतमले बताए ।