Logo

१८ माघ, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समितिले धर्ना बस्ने कार्यक्रम तय गरेको छ । नारायणी अस्पताललाई ५०० शैयाको बनाउन भवन निमार्णका लागि दवाव दिन आज विहान ११ बजे देखि धर्ना बस्ने तय गरिएको हो ।

निर्माणको लागि टेण्डर भएपनि लामो समयदेखि निर्माण कार्य शुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. निरज कुमार सिंहले बताए ।

उनका अनुसार विगत लामो समय देखि प्रयासरत रहदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेन तर नेपालका अन्य केन्द्रिय अस्पतालहरुमा सोही ५०० शैयाको भवन निमार्ण भई कार्य संचालन समेत भैसकेको छ ।

नारायणी अस्पताल, वीरगंजको हाता भित्र ५०० शैयाको नविन भवन निमार्णका लागी दवाव दिन आज विहान ११ बजे शान्ती पूर्वक धर्नामा बस्ने कार्यक्रम भएको सिंहले बताए ।

यसको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय पर्सालाई निवेदन दिईएको संघर्ष समितिका संयोजक सिंहले बताए ।


सम्बन्धित समाचार