Logo

१९ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ बस्ने वर्ष २२ को नितेश गुप्ता रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको शसस्त्र प्रहरी टोलीले शुक्रबार साँझ वीरगञ्ज  भन्सार मेनगेटमा चेकजाँचको क्रममा उनलाई गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना ३१ प २७५६ नम्बरको मोटरसाइकलमा सवार गुप्तालाई चेकजाँचको क्रममा रु १ लाख भा.रु. र नेपाली २ हजार ७ सय १५ फेला परेको थियो ।

रकमको बारेमा सोधपुछ गर्दा गुप्ताले स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

उनलाई मोटरसाईकलको १ लाख ५० हजार, मोवाईल २१ हजार र स्रोत नखुलेका बरामद रकम सहित नेपाली रु ३ लाख ३३ हजार ७१५ मूल्यकंन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको धामीले जानकारी दिए ।

 


सम्बन्धित समाचार