Logo

१९ माघ,वीरगञ्ज । पर्सामा आज दलित अगुवाहरुको बैठक सम्पन्न भएको छ । विभिन्न दलमा आवद्ध दलित अगुवाहरुको बैठक वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको हो ।
सर्वदलीय दलित अगुवाहरुको बैठकले जिल्लामा शक्तिशाली नेपाल दलित सञ्जाल गठन गर्ने निर्णय गरेको छ । यही फागुन १० गते नेपाल दलित सञ्जाल गठन गर्ने निर्णय भएको बैठकमा सहभागी धिरज पासवालले बताए ।

उनका अनुसार दलित अगुवाहरु जुनसुकै दलमा आवद्ध भएतापनि आफ्नो स्वजातीय मुद्दामा एक भएर लाग्नको लागि यो सञ्जालको गठन गर्न लागिएको हो ।

‘दलितहरु एकजुट नहुँदा अधिकांश दलहरुबाट उपेक्षा हुने गरेको छ, त्यसकारण अब आफ्नो समुदायको विकासका लागि एउटा सञ्जाल बनाएर जानुपर्छ,’ बैठकमा छलफल भएको थियो ।

साथै बैठकले भर्खरै कार्यभार सम्हालेका पर्साका गौतम मिश्र र सिडिओ गणेश अर्याललाई सम्मानित गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र, कांग्रेस, एमाले, जसपासहितका विभिन्न दलमा आवद्ध दलित अगुवाहरुको सहभागीता थियो ।


सम्बन्धित समाचार