२० माघ,वीरगञ्ज । हिन्दुवादी संगठनहरुले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई पनि ज्ञापनपत्र बुझाएका छन् ।
विगतका वर्षाहरुमा रौतहट जिल्ला लगायत विभिन्न जिल्लाहरुमा सरस्वती पूजाको मुर्ति विर्सजन गर्ने क्रममा असमाजिक तत्वद्धारा आक्रमण हुदै आएको भन्दै त्यस्तो अवाञ्छित गतिविधि भएमा सम्पुर्ण हिन्दु समाज लगायत संघ संगठन कठोर कदम चाल्ने बाध्य हुने कुरा जानकारी गराउदै ज्ञापनपत्र बुझाएको हो ।
हिन्दु धर्मलम्बीहरु शान्तिपुर्ण रुपमा धार्मिक क्रियाकलाप गर्न पाउने अधिकारको रक्षा गर्न पुर्णरुपले प्रतिबद्ध रहेको जनाउदै प्रमुख जिल्ला अधिकारी मार्फत स्थानीय प्रशासनलाई विशेष सुरक्षा व्यवस्था मिलाउन र त्यस्ता असामाजिक गतिविधि गर्नेलाई तुरुन्तै कारवाही गर्न पनि माग गरिएको छ ।