Logo

२१ माघ, वीरगञ्ज । बारा प्रहरीले ३९ लाख ८४ हजार बराबरको समान सहित मिनि ट्रक प्रहरीको नियन्त्रणमा लिएको छ ।

गएराति बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चौक प्रहरी चौकी पथलैयाको प्रहरीले विराटनगरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०१–०२–००१ ख ८०८६ नं. को ट्रकलाई रोकेर चेकजाँच गर्दा विल विजक भन्दा बढी मूल्य रहेको आशंकामा ३८ लाख १६ हजार ७६० मूल्य बराबरको इलेट्रिक सामान, कपडा, कफि लगायत अन्य खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।

त्यस्तै हिजै बाराको महागढीमाई नगरपालिका वडा नं. २ ईनर्वा चोकबाट पनि एक लाख ६८ हजार मूल्य बराबरको आलु सहित मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

तेलकुवाबाट बरियारपुर तर्फ जादै गरेको ना ७ ख ३४३९ नम्बरको मिनि ट्रकमा लोड रहेको एक लाख अठसट्ठी हजार रूपैया बराबरको सात टन आलु सहित मिनि ट्रक नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

विशेष सूचनाको आधारमा गरिएको चेकजाँचमा दुवै ट्रकको बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको ३९ लाख ८४ हजार ७ सय ६० रूपैया बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी नायव उपरीक्षक सापकोटाको भनाई छ ।


सम्बन्धित समाचार