Logo

२१ माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ६३ किलो लागु औषध गाँजा सहित २ मोटरसाईकल प्रहरीको नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगँज खजानी बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले बाराको सुबर्ण गाउँपालिका वडा नम्बर–३ बकतौराबाट ६३ किलो प्रतिबन्धित लागू औषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीलाई देखेर नेपालबाट भारत तर्फ जाँदै गरेको बा. प्रदेश–०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नं. को मोटरसाईकल चालकले मोटरसाईकल छाडेर फरार भएपछि उक्त स्थानमा पुगेको प्रहरीले हेर्दा दुबै मोटरसाईकलमा गाँजा लोड रहेको पाईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिए ।

बरामद गरिएको प्रतिबन्धित लागु औषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।


सम्बन्धित समाचार