२१ माघ,वीरगञ्ज । बारा प्रहरीले विशेष सूचनाका आधारमा लागूऔषध अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति मकवानपुर, कैलाश गाउँपालिका–२, बैकुण्ठ बस्ने करिब ४५ वर्षीय भीमलाल मोक्तान रहेको प्रहरीले जनाएको छ ।
मोक्तानले खैरो झोलाभित्र लुकाइछिपाई लागूऔषध अफिम बोकेर हिँडिरहेको अवस्थामा फेला परेको र उनलाई नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ ।
आईतबार बेलुका करिब ४ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज, पर्सा र इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२, सिमरा चोकस्थित वीरगञ्ज–पथलैया सडकखण्डको पश्चिमतर्फको फुटपाथबाट मोक्तानलाई अफिमसहित पक्राउ गरेको हो ।