Logo

२२ माघ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ८९५ रुपैयाँमा कारोबार भएको थियो।

 


सम्बन्धित समाचार