२२ माघ,वीरगञ्ज । उपभोत्ता हित संरक्षणका लागि छुट्टै अधिकार सम्पन्न प्राधिकरण गठन गर्नुपर्ने उपभोत्ता अधिकारकर्मीहरुले जोड दिएका छन् ।
वाणिज्य तथा उपभोत्ता हित संरक्षण विभागले वीरगन्जमा उद्योग वाणिज्यक्षेत्रका प्रतिनिधिहरुसँग गरेको अन्तरकृयामा उपभोत्ता अधिकारकर्मीहरुले यस्तो माग गरेका हुन् ।
उपभोत्ता अधिकारको विषयमा पाठ्यक्रममै बनाएर अनिवार्य उपभोत्ता शिक्षाको संचालन गर्नुपर्ने पनि माग गरेका छन् ।
वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले राज्यको अन्तरसरकारी कार्यालयबीच समन्वयको अभावले अनुगमनका नाममा पनि व्यावसायीहरुले दुख पाउने गरेको गुनासो गर्दै अधिक अनुगमनले व्यावसायी त्रसित बनेको बताएका थिए ।
वाणिज्य तथा उपभोत्ता हित संरक्षण विभागका महानिर्देशक राजन दाहालको अध्यक्षातामा भएको अन्तरकृया कार्यक्रममा सहभागी उपभोत्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले नेपाललाई राज्यले डम्पिङ साईटको रुपमा विकास गर्न खोजेको जस्तो देखिएको आरोप बताए ।
उहाँले एउटा निकायको क्षेत्राधिकार भन्दा बाहिर अर्को निकायले आयात गर्ने वस्तुको गुणस्तर परीक्षण गरी भन्सार पास गराउने गरेको भन्दै यसले नेपाललाई डम्पिङ साईटमा परिणत गर्ने चिन्ता बढेको बताए । उनले उपभोत्ताको हित संरक्षणका लागि छुट्टैै प्राधिकारको गठन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय महतो, उपभोत्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य धिरज शर्मा, बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीप साह, कन्ज्युमर आई नेपाल पर्साकी अध्यक्ष रञ्जु फूयाँल, जीतपुरसिमराकी व्यावसायी रिना बजगाँई लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।