२२ माघ,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ पँचरुखी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुवर्वासिराको शिक्षक आवश्यकता सम्बन्धी दर्खास्तको आह्वानको सूचना स्थगित गरेको छ । संघीय सरकारबाट हस्तान्तरित सशर्त अनुदानको माध्यमिक तहको नेपाली अङ्ग्रेजी र गणित विषय मध्य एकको पदपूर्ति गर्नुपर्नेमा विद्यलयले शिक्षा नियमावली बिपरित गोप्य सूचनाको आधारमा गणित विषयको शिक्षक नियुक्ति गर्न लागेको भन्दै स्थानीय अभिभावकहरुले बिरोध गरेपछि स्थगित गरिएको हो ।
विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार माघ २ गते देखि १६ गते सम्म दर्खास्त दिने र १८ गते सम्पर्क मिति तोकिएकोमा माघ १० गते सम्म पनि कतै सुचना नटाँसेपछि स्थानीयको विरोध पश्चात सुचना टाँस गरिएको थियो । तर सम्पर्क मिति सकिएपछि पनि कति जनाको उम्मेदवारी परेको हो भन्ने विषयमा उम्मेदवारहरुको नाम सार्बजनिक गरेको थिए ।
उम्मेदवारहरुको नामावाली सार्वजनिक गर्न विद्यलयका निमित्त प्रधानाध्यापक शम्भु साहलाई आग्रह गर्दा उहाँले नमानेपछि विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशित नहुञ्जेललाई शिक्षक नियुक्ति प्रक्रिया स्थगित गरिएको अभिभावक जगत रामले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति र शिक्षा शाखाको मिलोमतोमा आर्थिक चलखेलमा गोप्य ढङ्गबाट शिक्षक नियुक्ति गर्न लागेकोमा अभिभावक हरुको कडा बिरोधपछि विद्यालयले मावि शिक्षक न्युक्ति स्थगित गरेको राजेश्वर प्रसाद यादबले बताउनुभयो ।
यता विद्यार्थीहरुले भने विज्ञान विषयको बिज्ञापन गर्नुपर्नेमा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिले आर्थिक चलखेल गरी गणित विषयको बिज्ञापन गरेको भन्दै बिरोध जनाएका थिए । विद्यालयका निमित्त प्रधानाध्यापक शम्भु साहका अनुसार शिक्षक नियुक्ति प्रक्रिया नियम अनुसार नै गरेको तर अभिभावकहरुको विरोधका कारण अर्को सूचना नहुञ्जेल सम्मलाई ब्यवस्थापन समितिको निर्णय अनुसार स्थगित गरेको बताउनुभयो ।
पर्सागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख देव प्रसाद गिरीका अनुसार पालिकाबाट अङ्ग्रेजी, गणित र विज्ञान मध्य कुनै एक शिक्षक आवश्यक रहेको विषयको रिक्त दरबन्दी वा शुन्य दरबन्दी रहेको विद्यालयमा एउटा कोटा निर्धारण गरि विद्यालय ब्यवस्थापन समितिलाई पदपूर्ति गर्न पर्सागढी नगरपालिकाले सहमति दिएको तर विद्यालयले नियम बिपरित रिक्त दरबन्दी पदपूर्ति गर्न लागेको व्यापक गुनासो आएपछि स्थगित गर्न लगाईएको बताउनुभयो ।
पर्सागढी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा रिक्त दरबन्दी पदपूर्तिमा पटकपटक विवाद हुँदै आएको छ ।