२३ माघ, काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।
नेपालले अहिलेसम्म खेलेका चारवटै खेल हारेको छ । हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो ।
नेपाल यसअघि नेदरल्यान्ड्ससँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको थियो । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।