२३ माघ,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा संसदमा दर्ता भएका ६ अध्यादेशका साथै नीति मन्थन विभाग र कानून विभाग संयन्त्रको विषयमा पनि छलफल हुनेछ ।
रास्वपाले यसअघि नै सरकारले संसदमा दर्ता गरेका ६ अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ ।
बैठकमा पार्टीका सभापति रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेलाई बुझाएको पत्रका सन्दर्भमा पनि कुराकानी हुने बताइएको छ ।