Logo

२३ माघ,वीरगञ्ज । ९ किलो २ सय ग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ९ किलो दुइसय ग्राम प्रतिबन्धित गाँजा सहित एक पुरूष र २ महिला गरी तीनजनालाई पक्राउ गरेको जनाएको ।
पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका वडा नम्बर–२ प्रसौनी बस्ने बर्ष ५५ कि रम्भा देवी मुखिया, जोगिन्द्र मुखिया र ममता देवी मुखिया रहेका छन् ।

पक्राउ परेका रम्भा देवीको साथमा ३ किलो १४१ ग्राम, जोगिन्द्र मुखियाको साथमा अन्दाजी २ के.जी.६४३ ग्राम र ममतादेवी मुखियाको साथबाट अन्दाजी २ केजी ६५९ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
सेतो प्लाष्टिकमा प्याक गरीको ३ पोका बनाएर बोको र ७९८ ग्राम गाँजा भने झोलामा फेला परेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गाँउपालिका वडा नं.२ स्थित बजार टोलबाट भलुही तर्फ पैदल जादै गरेका उनीहरुलाई गाँजा सहित पक्राउ गरेको हो ।

उनीहरु तिनैजनाले कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका अं.९ केजी २ सय ग्राम प्लाष्टिक सहित पक्राउ परेका हुन् । गाँजा सहित पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।


सम्बन्धित समाचार