Logo

२३ माघ, वीरगञ्ज । विद्युतीय सवारी साधन बिक्रेता कम्पनी शशिला मोटर्सले विभिन्न कम्पनीका सवारी साधन वीरगन्जबाट पनि बिक्री वितरण शुरु गरेको छ । वीरगञ्ज स्थापना गरिएको ‘शो रुम’ को आज औपचारिक उदघाटन गर्दै किटोन, हाईगर भेन्चे लगायतका विद्युतीय सवारी साधनहरुको बिक्री वितरण शुरु गरेको हो ।

वीरगञ्जमा स्थापना गरिएको शो रुमको पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ का सांसद तथा मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री रहबर अन्सारीले उदघाटन गरे । शो रुमको उदघाटन गर्दै उहाँले नेपालको समृद्धिको लागि विद्युत निर्यात भन्दा खपत बताए ।

उनले पछिल्लो समयमा विद्युतीय सवारी साधनहरुले नेपालको व्यापारघाटा कम गर्न सहयोग पु¥याएको भन्दै वातावरण प्रदूषण नियन्त्रण र इन्धनको आयात कम गर्न तथा देशमै उत्पादन गरिएको विद्युत खपत गर्न विद्युतीय गाडी उपयुक्त रहेको बताए । उनले वातावरणलाई शान्त र प्रदूषण रहित बनाउन विद्युतीय सवारी साधनले भूमिका खेलेको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का बरिष्ठ उपाध्यक्ष तथा नारायणी एफ.एम र रेस खबर डटकमका अध्यक्ष गोविन्द देवकोटाले इभी गाडीहरूको प्रचलन बढाउन र देशको ऊर्जा स्रोतहरूको अधिकतम प्रयोग गर्न महत्वपूर्ण योगदान पु–याउने बताए ।

शो रुम उदघाटनकै दिन शशिला मोटर्सले बिक्री गरेको पाँचवटा विद्युतीय सवारी साधनको चाबी सम्बन्धित ग्राहकलाई हस्तान्तरण गरेको छ ।
शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले सवारी साधन बिक्री भन्दा बिक्री पछिको सेवालाई सहज र प्रभावकारी बनाउनु कम्पनीले प्राथमिकता दिने गरेको बताए ।

अगामी दिनमा ग्राहकलाई उच्चतम सेवा र गुणस्तरीय गाडी प्रदान गर्ने प्रतिबद्धता रहने बताए । यसअघि कम्पनीले बाराको सिमरामा रहेको राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज यातायात प्रालिका व्यवासायीलाई ३० वटा किटोन ब्राण्डका १४ सिटे इभी गाडीहरूको हस्तान्तरण गरेको थियो ।

शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहम, नेकपा एमालेका नेता सलाउद्दीन अहमद लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


सम्बन्धित समाचार