Logo

२३ माघ, वीरगञ्ज । बारा प्रहरीले ६४ लाख २२ हजार बराबरको समान सहित १ ट्रक र १ पिकअप नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पथलैयाबाराले बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अन्दाजी ६४ लाख २२ हजार ४ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित एउटा ट्रक एउटा पिकअप नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाशस सापकोटाका अनुसार ईलाका प्रहरी कार्यालय, अमलेखगंजले आज जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजबाट ४१ लख ८६ हजार ३० सय मूल्य बराबरको सामान लोड गरेको ना ६ ख ८३०५ नं. को ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकलाई रोकेर चेक गर्दा लोड गरेको विभिन्न हार्डवेयर तथा नेपाली कपडा र चिनी लगायतका अन्य खुद्रा समानहरू फेला परेको र उक्त सामान विलविजक भन्दा बढी रहेको पाईएको छ । त्यस्तै बिरगंजबाट काठमाण्डौँतर्फ जादै गरेको प्र.२–०३–००१ च ०७७५ नम्बरको पिकअपमा २१ लख ७४ हजार आठ सय रुपैया बराबरको सामान पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नै ब्रास युटेनसिल लेखिएको ४७ बोरा लोड गरेको पिकअप नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकश सापकोटाले जानकारी दिए । त्यसैगरी प्रहरी चौकी पथलैयाले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख १४६३ नं. को बसबाट एकसठ्ठी हजार तिन सय पचास रुपैया बराबरको ४ कार्टुन चार्जर र डाटाकेवल नियन्त्रणमा लिएको छ ।

प्रहरीले बरामद गरेको सामानको कुनैपनि बिल नभेटिएपछि सामान नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चौकमा चेक गर्ने क्रममा उत्त सामान बरामद भएको हो ।


सम्बन्धित समाचार