![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/nepal_nederlands_TgtnvV5ciS.jpg?fit=1440%2C810&ssl=1)
२३ माघ,काठमाडौँ । महिला टी–२० त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । बुधबार मध्याह्न त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रन बनाएको हो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक अविजित ६२ रन बनाइन् । उनले पाँच चौका प्रहार गरिन् । इन्दु बर्माले ३७ बलमा ३९ रन बनाइन् । रुबिना क्षेत्रीले १७ बलमा २० रन बनाइन् ।
यसअघि नेपालले नेदरल्याण्ड्स र थाइल्याण्डसँग दुई दुई खेल हारिसकेको छ । आफ्नै भूमिमा भएको सिरिजमा नेपाली महिला टोलीले यसअघि चारमध्ये एउटा खेल पनि जित्न सकेको छैन ।