![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/pm_office.jpg?fit=840%2C450&ssl=1)
२४ माघ, काठमाडौँ । सरकारले सरकारी सेवा प्रवाहलाई छिटो र छरितो बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति निकालेर सरकारी काम कारबाही समयमै सक्न निर्देशन दिएको हो । समयमै काम नसक्ने कर्मचारीविरुद्ध गुनासो टिपाउन पनि कार्यालयले आग्रह गरेको छ । त्यस्ता कर्मचारीको प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रले नियमित अनुगमन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सङ्घ, प्रदेश र पालिकाका सबै सार्वजनिक कार्यालयहरूबाट सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने विभिन्न सेवाहरू तोकिएको समयावधिभित्र अनिवार्य रूपमा प्रदान गर्ने र समयमै कार्यसम्पादन गर्ने तथा कम्प्युटरीकृत सूचना प्रविधिलाई नागरिक एपसँग अन्तरआबद्धता गरी शीघ्र सार्वजनिक सेवा प्रवाह गर्ने व्यवस्था गर्न कार्यालयले आग्रह गरेको छ ।
विज्ञप्तिमा तोकिएको समयावधिमा कुनै सार्वजनिक पदाधिकारीले सेवा प्रवाह एवम् कार्यसम्पादन नगरी अनावश्यक ढिलाइ गरेमा गुनासो टिपाउन सेवाग्राहीलाई पनि आग्रह गरिएको छ ।
combinepdf-1