Logo

२४ माघ, काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको एउटा मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेतिर भएको विस्फोटमा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको र ११ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनीहरुको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक, एसएसपी शेखर खनालले बताए ।

कमलपोखरीको सानदार मःम पसलमा ग्यास विस्फोट हुँदा त्यहाँका कामदार घाइते भएका हुन् । ग्यास विस्फोटका कारण भुइँतलाको भवनमा समेत क्षति भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार